TodayPati

धनुषाको दशगजा क्षेत्रबाट १५ किलो गाँजा बरामद

टुडेपाटी-
जनकपुरधाम, असोज १८ गते ।

धनुषाको बोर्डर आउट पोष्ट महिनाथपुर सशस्त्र प्रहरीको टोलीले १५ किलो गाँजा बरामद गरेको छ । धनुषाको बिदेह नगरपालिका १ ठाढि स्थित दशगजाबाट नेपालबाट भारत लग्दै गरेको सो परिमाणको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

दिउँसो करिब २ बजेको समयमा टाउकोमा बोकेर नेपालबाट भारत पार गर्नै लाग्दा डिउटीमा खटेका शसस्त्र प्रहरीले रोक्न खोजेको थियो । राक्न भन्नै बितिकै गाँजाको पोका छाडेर भागेको इन्सपेक्टर दिलेन्द्र खत्रीले जानकारी दिए ।
करिब २ लाख २५ हजार रुपैया मूल्यांकनको बरामद गरेको उक्त गाँजा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको खत्रीले बताए ।

Sponsored

केहि दिन अघि मात्रै शसस्त्र प्रहरी महिनाथपुरले बिदेह नगरपालिका वडा नम्बर २ गोबराहि स्थित दशगजाबाट नेपालबाट भारत निकासी गरी लग्दै गर्दा आधा किलो चाँदी पक्राउ गरी भन्सार बुझाएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *