TodayPati

बेमौसमी वर्षाले रौतहटमा १५ करोडको ईटा नष्ट

टुडेपाटी
रौतहट, फागुन १४ गते ।

रौतहटमा बेमौसमी वर्षा र असिनाले करिब १५ करोड बराबरको काँचो ईटा नष्ट भएको छ ।
मंगलबार वर्षाले ईटा भट्टाका सुकाएर पोल्न राखेको ठूलो परिमाणको काँचो ईटा गलेर नष्ट भएको जनाइएको छ ।

ईटा उत्पादक ब्यवसायी संघ रौतहटका अध्यक्ष रामविनोद साहले जिल्लामा सञ्चालनमा रहेका १६१ ईटा उद्योगमा बेमौसमी वर्षाले १५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जानकारी दिए ।

साहका अनुसार अन्य ब्यापार तथा उद्योगमा उत्पादनको बिमा गर्ने ब्यवस्था हुने भएर ब्यवसायीलाई यस्ता नोक्सानले खासै फरक नपर्ने भए पनि काँचो ईटाको बिमा नहुँदा ब्यापारीलाई ठूलो मर्का हुने गरेको छ ।

Sponsored

त्यसैगरी बेमौसमी वर्षाले किसानले लगाएको मुसुरो लगायत दलहन बालीमा समेत ठूलो क्षति भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *