वर्षाले हिलाम्य बन्यो जनकपुर–जलेश्वर सडक, दुइ दिनदेखि अबरुद्ध
टुडेपाटी
जनकपुरधाम, फागुन १४ गते ।
वर्षाका कारण महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर–बर्दिवास र जनकपुर–जलेश्वर सडकखण्ड दुई दिनदेखि अवरुद्ध भएको छ ।
जिल्लाको प्रमुख सडकखण्डको रूपमा रहेको जलेश्वर–बर्दिवास सडकखण्डको फोर लेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेका बेला दुई दिनदेखि पानी परेकाले बाटो अवरुद्ध भएको हो ।
बाटोभरि पानीले गर्दा हिलैहिलो भएकाले बस,जीप,मोटरसाइकल लगायत पैदलयात्रुहरु समेत समस्यामा परेका छन् । जलेश्वरदेखि बर्दिबाससम्मको ४२ किलोमिटर सो सडकखण्डमा प्रत्येक दिन बिहान ५ देखि बेलुका ५ बजेसम्म जम्मा १३ वटा सार्वजनिक यातायातका साधनहरु चल्दै आएका छन् ।
त्यस्तै बर्षाका कारण जनकपुर–जलेश्वर सडकखण्डमा समेत कुनै कुनै ठाउँमा सडक निर्माणको काम सम्पन्न नभएकोले यात्रुहरुलाई सामान्य कठिनाई भएको छ ।