TodayPati

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, अक्सिजन दिन थालियो

टुडेपाटी-

काठमाडौं, असोज १८ गते ।

त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ ।

Sponsored

२१ दिनदेखि अनसनरत डा. केसीलाई छातीमा अत्यधिक पीडा महसुस भएको र शरीरमा अक्सिजनको मात्रा पनि घट्दै गएको छ ।

केसीको साथमा रहेका सहयोगी डा. तोसिमा कार्कीका अनुसार करिब एक घण्टाअघिदेखि उनलाई छातीमा निकै पीडा महसुस हुन थालेको छ ।

‘स्याचुरेसन (शरीरमा अक्सिजनको मात्रा) झर्न थालेपछि हामीले डा. सुवास आचार्यलाई बोलायौं । उहाँले हेरेर अहिले अक्सिजन दिन थालिएको छ । शरीरमा चाहिने इलेक्ट्रोलाइटको कमी हुँदा फोक्सोले शरीरलाई चाहिने मात्रामा अक्सिजन लिन नसकेकाले अहिले ६ लिटर अक्सिजन सपोर्ट दिइएको छ,’ उनले भने ।

Sponsored

डा. केसीले अक्सिजनबाहेक अन्य कुनै औषधि नलिने बताएको उनले बताए । केसीको उपचारको नेतृत्व गरिरहेका शिक्षण अस्पतालको क्रिटिकल विभाग प्रमुख डा. सुवास आचार्यले उनलाई कुनै पनि बेला आईसीयूमा सारेर उपचार शुरु गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिएको पनि उनले बताइन् । उनका अनुसार केसीको रक्तचाप पनि घट्दै गएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *