TodayPati

सिरहामा बलात्कारको घटना गाउँमै ५ लाखमा मिलाउने ८ पञ्च प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, असोज १८ गते ।

सिरहामा बलात्कारको घटना गाउँमै मिलाउने ८ पञ्चलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ स्थित गत असोज १२ गते अन्दाजी ५ बजेको समयमा भएको बलात्कार प्रकरणमा गाउँका पँचहरुले ५ लाख रुपैयाँ जरिबाना तोकेर मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले पञ्चहरुलाई पक्राउ गरेको हो । 

सोही स्थान बस्ने स्थानीय सिँघेश्वर साहको २० वर्षीय छोरा मुकेशकुमार साहले सोही ठाउँकी एक किशोरीलाई घरमा पसेर बलात्कार गरेको तथा सो घटनालाई गाउँमै मिलाउने उक्त पञ्चहरुलाई पक्राउ सिरहाका प्रहरी नायव उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए ।

Sponsored

घटनामा सिराहको बिष्णुपुर गाउँपालिका-१ बिष्णुपुर बस्ने ५२ वर्षीय सिंहेश्वर साह सोही ठाउँ बस्ने २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह,४७ वर्षीय राजकुमार  साहलाई पक्राउ गरेको डिएसपी पौडेलले बताए ।

त्यस्तै सोही ठाउँका ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदि भन्ने श्याम सुन्दर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

किशोरीलाई बलात्कार गरेको भन्दै रिस आवेगमा आएर किशोरीकी भाईले उनलाई नै कुटपिट गरी घाईते बनाएपछि घटना बाहिर आएको थियो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरुले स्थानीय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी बिराटनगरस्थित बिराट नर्सिङ होम बिराटनगरमा लगी उपचार गराएको थियो । 

Sponsored

असोज १६ गते शुक्रबार गाउँ फर्कि आउँदा उक्त घटना गाउँ घरमै मिलाउन भनि गाँउमा नै पञ्चायत बसी पीडकको आफन्तसंग तमसुक कागज समेत गराई उक्त कागज जगविर यादवको जिम्मा राखिएको  थियो । जगविर यादवको घर कोठा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन भनि गरेको धनि राम गुलाम यादव, ऋणि सिंहेश्‍वर साह र धनि लक्षुमण यादव ऋणि शत्रुधन साह भई  ५ लाखको तमसुक कागज  समेत कानून बमोजिम बरामद भएको डीएसपी पौडेलको भनाइ छ ।

पक्राउ परेका सबै पञ्चमाथि थप अनुसन्धान भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “सिरहामा बलात्कारको घटना गाउँमै ५ लाखमा मिलाउने ८ पञ्च प्रहरीको फन्दामा

  • October 6, 2020 at 6:48 am
    Permalink

    वह विष्णुपुर गांव सर का है या जहां का भी है या चाय राजपुर का है चाहे देवपुर का है का नारा क्या है कहीं का भी है उस को कड़ी से कड़ी सजा दिया जाए कोई भी नहीं छोड़ा जाए वह दलाल साला अक्क रखता है उसको सबको जब कीजिए थैंक्यू फॉर वाचिंग यू वेरी मच

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *