TodayPati

सर्वोच्चका न्यायाधीशसहित कर्मचारीमा कोरोना संक्रमण, सबै इजलास स्थगित

टुडेपाटी-

काठमाडौं, असोज १८ गते ।

सर्वोच्च अदालतका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारको अधिकांश इजलास स्थगित भएका छन् ।

Sponsored

आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकमात्र एकल इजलास तोकिएको छ भने अन्य सबै इजलास स्थगित भएका छन् ।

शनिबार प्राप्त रिपोर्टमा एक न्यायाधीश, इजलास अधिकृत र अन्य कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो ।

संक्रमितको सम्पर्कका रहेका न्यायाधीश आइसोलेसनमा बसेका छन् ।

Sponsored

पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमण तीव्र गतिमा बढिरहेको छ । हरेक दिन भेटिने संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेको देखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *