TodayPati

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिप्रका सिरहा एक साता बन्द

टुडेपाटी
जनकपुरधाम, असोज १८ गते ।

जिल्ला प्रशासन कार्यालय सिरहाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि बन्द गरिएको छ । शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आइतबारदेखि एक साताका लागि बन्द भएको हो ।

प्रशासनले सूचना जारी गरि कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड-१९ को सङ्क्रमण पोजेटिभ देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए ।

Sponsored

गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा एक जनामा सङ्क्रमण लक्षण र अन्य दुईसहित आठ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न आजदेखि असोज २४ गतेसम्मलाई अतिअवाश्यकबाहेकका सेवा बन्द रहने सीडीओ कडेलले बताए । 

अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन कँणेलले सेवाग्राहीलाई आग्रह गरेका छन् । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *