सिरहाका एक वडाध्यक्षमाथि बलात्कार आरोप, आरोपित अध्यक्ष फरार
टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।
सिरहाको एक वडाध्यक्षमाथि बलात्कारको आरोप लागेको छ । सिरहाको अर्नमा गाउँपालीका- १ का अध्यक्ष गफार मियाँले स्थानीय एक महिलामाथि जवरजस्ती करणीको आरोप लागेको हो ।
उनीमाथि एक व्यवसायी महिलाले जवरजस्ती करणी आरोपमा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटनाबारे अनुसन्धान भईरहेको र वडाध्यक्ष गफारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले जानकारी दिए । उनले घटनाबारे अनुसन्धान भईरहेकोले धेरै कुरा बताउन नसकिने भन्दै फरार रहेका मियाँको खोजीकार्य जारी रहेको बताए ।