TodayPati

किशोरी हत्या : घटनास्थलको ३ घण्टा डगटोलिद्वारा अनुसन्धान, १८ घण्टापछि उठ्यो शव

टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।

रौतहटमा बलात्कार गरी हत्या भएको किशोरीको शव फेला परेको १८ घण्टा पश्चात उठाएर पोस्टमार्टमको लागि लगिएको छ । अपराधी पत्ता लगाउन प्रदेश प्रहरी कार्यालयबाट शनिबार बिहान पुगेको विशेष तालिम प्राप्त कुकुरसहितको डग टोलिले घटनास्थलको ३ घण्टा अनुसन्धान गरेको हो ।

तीनघण्टा अनुसन्धान पश्चात किशोरी संझा साहको शव पोष्टमार्टमको लागि पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पताल लगिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

उनका अनुसार डगटोलिले बिहान साढे ६ बजेदेखि साढे ९ बजेसम्म घटनास्थलको अनुसन्धान गरेपछि शव पोस्टमार्टमको लागि लगिएको छ ।

रौतहटको गढीमाई नगरपालिका १ का सिताराम साहकी १६ वर्षीया छोरी संझाको शुक्रबार बलात्कार गरी हत्या भएको अवस्थामा वृन्दावन नगरपालिका ४ पल्टुवा टोल स्थित बागमती नहरको छेउमा शव फेला रेको थियो ।

वृन्दावन नगरपालिका ४ मामा घरमा सानैदेखि बस्दै आएकी संझा शुक्रबार बिहान ९ बजे घाँस काट्न गएको बेला उनको बलात्कार गरी हत्या भएको हो । दिउँसो १२ बजेसम्म घर नफर्केपछि खोजविन भएको थियो । अपराहन्न ४ बजे गाईवस्तु चराउन गएको गोठालोले नग्न अवस्थामा संझाको शव उँखुबारीमा देखेपछि गाउले र प्रहरीलाई खबर गरेको थियो ।

Sponsored

डगटोलिबाट अनुसन्धान गर्न रातभरि संझाको शवलाई प्रहरीले घेराहालेर सुरक्षा गरेको थियो ।

तस्वीरहरु : सौजन्य पत्रकार रपेन्द्र पटेल/रौतहट

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *