TodayPati

१२ गाउँका ब्राह्मणको बैठक : सामूहिक बलात्कारका आरोपीलाई जोगाउने निर्णय

टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।

भारतको उत्तर प्रदेशको हाथरस जिल्लामा  एक किशोरीलाई सामूहिक बलात्कार गरी जिब्रो काटिदिएर हत्या गरिएपछि यसले सिंगो भारत हल्लिएको छ । तर, घटना भएको हाथरस जिल्लामा कथित माथिल्लो जातिकाहरुले अत्यन्तै अमानवीय निर्णय गरेका छन् । भारतीय अखबार दैनिक भास्करका अनुसार यहाँका १२ गाउँका ब्राह्मण र ठाकुरहरुले बैठक बसेर सामूहिका बलात्कार र हत्याका अभियुक्तहरुलाई जोगाउन अभियान चलाउने निर्णय गरेका छन् ।

समाचारअनुसार शुक्रबार बुलगढी गाउँ नजिकै बघना गाउँमा ठाकुर समुदायको पञ्चायत भएको छ जसमा आरोपीहरुको रिहाइको लागि अभियान चलाउने निर्णय भएको छ । यो पञ्चायतमा बुलगढी र आसपासका १ दर्जन गाउँका ब्राह्मण र ठाकुरहरु सहभागी थिए । उनीहरुको बैठकले यो घटनाको आडमा सवर्ण समुदायलाई निशाना बनाइएको र सवर्णविरुद्ध दलितहरुको आक्रोश बढाइएको बताएको छ ।

Sponsored

उनीहरुले मेडिकल रिपोर्टमा सामूहिक बलात्कारको पुष्टि नभएको भन्दै दुवै पक्षको नारको टेस्टको माग गरेका छन् । उनीहरुले पीडितको गाउँमा बाहिरका कसैलाई छिर्न नदिने निर्णय पनि गरेका छन् । हिजो मात्र ठाकुर समुदायका एक विधायकले किशोरीको हत्यामा परिवारकै हात रहेको आरोप लगाएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *