TodayPati

नागरिकताको सिफारिस दिने जनकपुरका कार्यालय सहयोगी घुस सहित अख्तियारको फन्दामा

टुडेेेपाटी-
जनकपुरधाम, असोज १५ गते ।

जनकपुरमा कार्यालय सहयोगी २४ हजार घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग बर्दिवासको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको हो ।

कार्यालय सहयोगी दिलीप पञ्जियारले सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिँदालिदै रंगेहात पक्राउ गरेकोअख्तियर दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

Sponsored

अख्तियारका अनुसार कार्यालय सहयोगी पजियारले आफूलाई वडा सचिव भनि सिफारिस आफूले नै गर्ने भन्दै घुस मागेका थिए । उनलाई कार्यालय परिसरबाटै गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका पञ्जियारमाथि थप अनुसन्धान भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *