TodayPati

वीरगञ्ज र हेटौडा बालसुधार गृहलाई एड्भोकसी फोरमको सहयोग

टुडेपाटी-
जनकपुरधाम, असोज १४ गते ।

विरगञ्ज र हेटौडास्थित बालसुधार गृहलाई एड्भोकेसी फोरम नेपालले कोरोनासंग सम्बन्धित विभिन्न ३७ प्रकारका सामाग्री सहयोग गरेको छ । विरगञ्ज र हेटौडास्थित बालसुधार गृहहरुमा ३७ प्रकारका सामाग्री हस्तान्तरण गरेको एड्भोकेसी फोरम प्रदेश २ का संयोजक अधिवक्ता राजकुमार महासेठले जानकारी दिए ।

दुवै ठाउँ मिलाएर करिब अढाई लाख रुपैयाँ भन्दा बढीको सामग्रीहरु हस्तान्तरण गरिएको उनले बताए ।
विरगञ्ज बाल सुधार गृहमा ४४ र हेटौंडा बाल सुधार गृहमा ३४ गरी जम्मा ७८ जना कानूनको विवादमा परेका बालवालिका छन् ।

Sponsored

एडभोकेसी फोरम नेपालले बालसुधार गृहका बलवालिकाहरुका लागि कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै व्यक्तिगत सरसफाईका सामाग्रिहरु माक्स, सेनिटाईजर, साबुन, तौलिया, पानी खाने बोतल, प्याटडल डिसपेन्सर हात धुने ट्याङ्की, तातो चिसो वाटर डिसपेन्सर, सेनिटाईजर रिफल स्टेशन, प्राथमिक उपचार किट बक्स, पन्जा, सेनिटाईजर विग प्याक, क्यारेम बोर्ड, व्याडमिन्टन, उत्प्रेरक पुस्तकहरु अदि सामाग्रिहरु जनप्रतिनिधि र स्थानिय अधिकारकर्मीहरुको उपस्थितिमा छुट्टा छुट्टै कार्यक्रम गरी हस्तान्तरण गरेको थियो ।

वीरगञ्ज बाल सुधार गृहमा गरिएको सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमूख मीना लामा, एड्भोकेसी फोरम नेपालका प्रदेश–२ संयोजक अधिवक्ता राजकुमार महासेठ, कानून अधिकृत कुमार प्रसाद थपलिया, वीरगञ्ज बालसुधार गृह प्रमूख टिका कृष्ण काफ्ले, हेटौडा बालसुधार गृहका प्रमूख राम प्रकास सुवेदी, महानगरपालिका ४ का वडाध्यक्ष जगत प्रसाद साह कानु लगायत अधिकार कर्मीहरु तथा गृहमन्त्रालयका कर्मचारी समेतको उपस्थिति थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *