TodayPati

नेपाल- भारत सीमा खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन

टुडेपाटी-
जनकपुरधाम, असोज १४ गते ।

नेपाल–भारत सीमा खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ ।

सीमा बन्दका कारण नेपाल भारत सीमा क्षेत्रमा रहेका दुबै देशका जनतालाई निकै कठिनाई भइरहेको भन्दै विभिन्न संघसंस्थाले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री अोलीलाई ज्ञापनपत्र बुझाएको हो ।

Sponsored

कोरोनाको कारण इतिहासमा पहिलो चोटी नेपाल भारतको सुमधुर सम्वन्धमा तिक्तता आएकोले यथासिघ्र सीमा खोलाउन माग गरेको समुहले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाको नेतृत्वमा गएको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत् प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनमा ‘आपत विपतको बेला नेपाल भारतको सीमा बन्द हुँदा भारतबाट आँखाको उपचार गराउन नेपाल आउने र नेपालबाट अन्य रोगको उपचार गराउन भारत जाने बिरामीहरु विचल्लीमा परि कयौं जना त ज्यान गुमाइसकेको अवस्था छ ।’

सन १९५० को सन्धी अनुसार नेपाल भारत निर्वाधरुपमा आवागमन सहज गर्नु पर्छ । बेटीरोटीको सम्बन्ध रहेको कुरो एकातर्फ छ भने अर्काेतर्फ एकअर्काको विवाह, पूजा, मरणहरणमा सहभागि हुन नपाएका अवस्था बनेको छ ।

Sponsored

सीमा बन्द भन्दा पनि सर्तकताले कोरोना घट्ने हो । सीमा कुनै त्यस्तो समस्या देखिदैछ भने त्यहाँ स्वास्थ्यकर्मी राखिनुपर्छ जसले कोरोनाबाट बच्न जानकारी गराउँछन् । अहिलेको परिस्थितिमा सीमालाई बन्द गरेर राख्नुको औचित्य नभएकोले सीमाक्षेत्रमा चाडै आबत जाबत सहज गर्नु माग गरिएको छ ।

नेपाल भारत खुल्ला सीमा सम्वाद समूह, नेपाल उद्योग वाणिज्य महासंघ–प्रदेश २, माँ जानकी यातायात प्रालि, जनकपुरधाम, लोकतान्त्रिक युवा नागरिक समाज, फलफुल व्यवसायी संघ, जनकपुरधाम, धनुषा चेम्बर अफ कमर्स, जनकपुर अञ्चल ग्यास व्यवसायी संघ, जिरोमाइल युवा कमिटी र क्लोथ बैंक नेपालले गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रदेश २ को मुख्यमन्त्री कार्यालयलाई बोद्धार्थ गराउँदै प्रधानमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र पठाएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *