TodayPati

सिरहाबाट मोटरसाइकलसहित १९ केजी गाँजा बरामद

टुडेपाटी-
जनकपुरधाम, असोज १३ गते ।

सशस्त्र प्रहरी सिरहाले मोटरसाइकलसहित १९ किलो गाँजा बरामद गरेको छ ।

सिरहाको सुखीपुर नगरपालिका ४ कविलासीको बनिनिया चोकबाट मंगलबार बिहान चेकजाँच गर्ने क्रममा को. २९ प १४८७ नम्बरको मोटरसाइकलसहित १९ किलो गाँजा बरामद गरेको हो ।

Sponsored

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायव निरीक्षक विदेशराज ग्राङ्जा मगरको कमाण्डमा खटिएको गस्ती टोलीले मोटरसाइकलसहित १९ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी नायव निरीक्षक मगरले जानकारी दिए ।

बनिनिया चोकमा चेकजाँचको क्रममा उत्तरबाट दक्षिणतिर जाँदै गरेको मोटरसाइकल चढेका एक जना फरार भएपछि मोटरसाइकल र गाँजा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव निरीक्षक मगरले जानकारी दिए ।

नियन्त्रणमा लिइएको मोटरसाइकल र गाँजा सिलोर्वा पछवारीस्थित प्रहरी चौकीमा बुझाइएको छ । बरामद गरिएको मोटरसाइकल कसको हो भन्ने तत्कालै खुलिसकेको छैन । 

Sponsored

लागूऔषध कारोवारीहरुले सिरहाको उत्तरी क्षेत्र र उदयपुरमा संकलन गरिएका गाँजा भरियालाई बोकाएर दक्षिणी सीमावर्ती क्षेत्रसम्म पुर्‍याउने गरेको बताइन्छ । जिल्लाको जिरोमाइल सुखीपुर सडक, कसहा औरही, मिर्चैया सिरहा सडकखण्डको भित्री बाटो प्रयोग गरीे गाँजा असोसारपसार गर्ने गरेको पाइएको छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *