TodayPati

रौतहटमा दम्पतिमाथि आक्रमण गर्ने ३ जना पक्राउ

टुडेपाटी-
रौतहट, असोज १० गते ।

रौतहटमा एक दम्पतीमाथि आक्रमण गरेको घटनामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका महेश तिवारी दम्पतीमाथि शुक्रबार राति अन्धाधुन्द धारिलो हतियार प्रहार भएको थियो ।

धारिलो हतियार प्रहारबाट महेशका श्रीमती जगरानी देवीलेको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय बली मुखिया बिन, रामएकवाल मुखिया बिन र उनका एकजना आफन्तलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रवि रावलले जानकारी दिए ।

Sponsored


बलिलाई प्रहरीले घटना लगतै पक्राउ गरेको थियो भने आज दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

धारलो हतियार प्रहारबाट गम्भीर घाइते भएका महेशको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश २ : दम्पतीमाथि धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *