TodayPati

बम विस्फोट घटनामा संलग्न फरार अभियुक्त बाराबाट पक्राउ

टुडेपाटी-
बारा, असोज ७ गते ।

बारामा बम विष्फोट तथा फिरौती लगायतका अपराधिक घटनामा संलग्न एकजना फरार अभियुक्त पक्राउ परेका छन् । 

बाराको परवानीपुर गाउँपालिका–४ स्थित इँटा उद्योगमा बम विस्फोट गराएको घटनामा फरार अभियुक्त ३६ वर्षीय कपिलदेव महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

Sponsored

बाराको परवानीपुर गाउँपालिका–४ स्थित एमएस इँटा उद्योगका सञ्चालकसँग एक वर्षअघि सोही ठाउँ बस्ने ३१ वर्षीय प्रमोद साह गोढको समूहले १५ लाख फिरौती मागेको थियो । फिरौती रकमदिन अस्वीकार गरेपछि उनीहरूले इँटा उद्योगमा बम विस्फोट गराएका थिए ।

बम विस्फोटपछि उनीहरूले फिरौती रकम नदिए परिवारलाई पनि खतरा हुने धम्की दिँदै तीन लाख रुपैयाँ लिएर परवानीपुरकै चैनपुर भन्ने स्थानमा आउन सञ्चालकलाई भनेका थिए । 

फिरौती रकम लिन जाने परवानीपुर–४ का प्रमोद साह गोढ, देवशंकर राम, जीतपुर सिमरा–२० बस्ने अच्छेलाल गोसाई र फेटा गाउँपालिका–३ बस्ने दीपेन्द्रकुमार धानुकलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो ।

Sponsored

तर, सोही समूहमा संलग्न महतो फरार भएका थिए । उनी पुनः नेपाल पर्केर लुकिछिपी आपराधिक गतिविधिमा संलग्न भएको सूचना प्रहरीले पाएको थियो । विशेष सूचनाको आधारमा महतोलाई मंगलबार राति परवानीपुरस्थित घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *