हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर र उनको चालक कोरोना संक्रमित
टुडेपाटी-
सप्तरी, असोज ७ गते ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साह र उनका गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । हनुमाननगर कंकालिनी नगरपालिका नगरप्रमुख र राजविराज निवासी ३२ वर्षीय चालकमा कोरोना पोजिटिभ देखिएको मेयर साहले जानकारी दिए ।
नगर प्रमुख साहका प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा हुन् । यता राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मङ्गलबार छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ की २४ वर्षीया महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
उनीसहित ४५ जनाको भदौ २ गते लिइएको स्वाबको परीक्षण गरिएको हो । सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।
Sponsored