TodayPati

जनकपुरमा चोरीको गहना किनबेच गर्ने दुबैजना पक्राउ

टुडेेेपाटी-
जनकपुरधाम, असोज ६ गते ।

जनकपुरमा सुनचाँदीको गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।

विश्वकर्मा पूजाको दिन जनकपुरधाम उपमहानगरपालिका-६ मा डेरा लिइ बस्दै आएका मनोजकुमार तिवारीको डेरामा सुनचाँदीका गरगहना तथा नगदसमेत चोरी भएको घटनामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

Sponsored

उनका अनुसार चोरी भएको ५ दिनपछि प्रहरी धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका- १ का २५ वर्षीय जिवछ यादवलाई शंकाको आधारमा सोधपुछ गर्दा आफूले चोरी गरेर ल्याएको चाँदीका पाउजु ६ थान, चाँदीका पलेट ३ थान क्षिरेश्वरनाथ नगरपालिका-६ घर भइ वडा नं ५ स्थित न्यू शिवम् ज्वलर्सका सञ्चालक लक्षमण महतोसँग बेचेको बताएका थिए ।

सोही आधारमा पसल धनी लक्ष्मण महतोसँग सोधपुछ गर्दा उनले स्वीकार गरेको र खानतलासी गर्दा सो गरगहना फेला परेपछि नियन्त्रणमा लिएको डीएसपी मिश्रले बताए ।

तिवारीको घरबाट चोरी गरी ल्याइ विक्री गरेका चाँदीका गरगहना चोरी गर्ने जिवछ यादव र किन्ने लक्ष्मण महतोलाई नियन्त्रणमा लिइ जिल्ला अदालत धनुषाबाट चोरी मुद्दा शिर्षकमा म्याद लिइ थप अनुसन्धान भइरहेको डीएसपी मिश्रको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *