TodayPati

प्रदेश २ सहित आज यी प्रदेशमा ‘धेरै भारी’ वर्षा हुने, नदीमा ठूलो बाढीको सम्भावना

टुडेपाटी

जनकपुरधाम, असोज ७ गते ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज बुधबार सबै प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Sponsored

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको सूचनाअनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’मा उल्लेख छ।

Sponsored

यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने तथा सबै प्रदेशका थोरै थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म ) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *