TodayPati

सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतक सङ्ख्या ११ पुग्याे

शुभ नारायण यादव-
सप्तरी , असाेज ६ गते ।

कोरोना संक्रमणवाट सप्तरीमा थप एक जनाको अाज मृत्यु भएको छ। कोरोना संक्रमित सप्तरीकाे विष्णुपुर गाउँपालिका वडा न.-१ का ४९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।

नरिवल रुखबाट नौ दिन अघि लडेर करङ्ग भाँचिएका घाइतेको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भएको थियो। अस्पतालमा उपचारका बेला भदौ २९ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि विरामीलाई घरमै आइसोलेशन गरी राखिएको उनका भतिजा भुपेन्द्रप्रसाद यादवले जानकारि दिनुभयाे ।

Sponsored

आइतबार राति नै मृत्यु भएका उनको शवको सोमबार अपरान्ह व्यवस्थापन समेत भइसकेको छ। गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले शव व्यवस्थापन गर्न स्काभेटर माग भएपछि मात्र आफूले कोरोना संक्रमितको मृत्युको जानकारी पाएको बताउनुभयाे ।

स्वास्थ्य कार्यालय, सप्तरीले समेत अस्पताल वा घरमा मृत्यु भएकोबारे फरक-फरक जानकारी गराएको छ। स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको बताउनुभयाे । त्यस्तै कोभिड-१९ को तथ्यांक राख्ने सोही कार्यालयका मलेरिया इन्स्पेटर नारायणप्रसाद राउत बरैले गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको बताउनुभयाे। मृत्युको आधिकारिक पत्र आएपछि मात्र कहाँ मृत्यु भएको स्पष्ट भन्न सकिने पनि उहाले बताउनुभयाे ।

मृतकका भतिजा भुपेन्द्रप्रसाद यादवले आइतबार विष्णुपुर गाउँपालिका-१ प्रसाहीस्थित घरमा नै मृत्यु भएका उनको सोमबार अपरान्ह नेपाली सेनाको भिमदल गणको टोलीले शव व्यवस्थापन गरेको स्पष्ट पारे। स्वास्थ्य कार्यालय सप्तरीको आग्रहमा स्कारभेटर लगेर मृतककै वडा नम्बर-१ प्रसाहीमा शव व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयाे ।

Sponsored

यो समेत सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या ११ पुगेको छ। जसमा २ जना महिला ने रहेका छन्। सप्तरीमा हालसम्म संक्रमितको संख्या १ हजार २०६ पुगेको र ८२२ जना निको भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *