लकडाउनको कारण बन्द जानकी मन्दिर लामो समयपछि खुल्यो
टुडेपाटी-
जनकपुरधाम, असोज ६ गते ।
लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेको जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ । लकडाउन शुरु भएसंगै बन्द गरिएको मन्दिर खुल्ला गरिएपछि सो क्षेत्रमा चहलपहल बढेको छ ।
मन्दिर खुल्ला गरिएपनि कोरोना महामारीको त्रासले सीमानाका बन्द र सार्वजनिक यातायातमा आवात जावतमा कमी भएको कारण बाहिरका श्रद्धालु एवं दर्शनार्थीको संख्यामा कमी देखिएको छ ।
मन्दिर खोलिएपछि दर्शानार्थिले समाजिक दूरी पालना ,मास्क लगायतमा हेलचक्र्याइ गरेको देखिएको छ । मन्दिर खुलेसँगै यहाँ पूजा सामग्री बेच्ने पसलहरु पनि संचालनमा आएको छ । मन्दिर आसपास भएका मिठाइ, फुल तथा अन्य सामग्रीका पसल संचालनमा आएको छ ।
यसअघि मन्दिर बन्द गरिए पनि भित्र पूजापाठ नियमित भइरहेको थियो । लकडाउनका कारण मन्दिर बन्द हुदा यस पटकको राम नवमी, जानकी नवमीसहितका पर्वहरु खल्लो देखिएको थियो ।
Sponsored