TodayPati

पर्सामा काँग्रेस नेताको घरमा राखिएको तीन मोटरसाइकलमा आगजनी

टुडेपाटी-
पर्सा, फागुन १२ गते ।

पर्सामा तीनवटा मोटरसाइकलमा आगजनी गरेको छ । पर्साको वीरगन्ज महमनगरपालिका २१ परवानीपुरका स्थानीय काँग्रेस नेता किशोरी ठाकुरको घरको बरण्डामा राखिएको तीनवटै मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको हो ।

आगजनीले बरण्डामा पार्किंग गरि राखिएको ना १० प ८५५४, ना ३२ प १८२८ र प्रदेश २–०–३००५ प ७८६३ नम्बरको ३ वटै मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको जनाएको छ । आइतबार राती १२ बजेतिर आएका अपरिचित व्याक्तिले घरको बरण्डामा पेट्रोल छर्किएर मोटरसाइकलमा आगो लगाएर फरार भएको घरधनी ठाकुरका भतिजा अभिषेक ठाकुरले बताए ।

Sponsored

परवानीपुरबाट पटेलनगर जाने सडक फराकिलो बनाउने काम ठाकुरकै अगुवाइमा भइरहेको र सडक विस्तारका क्रममा केही दिनअघि स्थानीय केही व्याक्तिसँग विवाद भएकाले त्यसैको रिसबीमा आगजनी गरेको हुनसक्ने आशंका अभिषेकले बताए ।

घटनामा संलग्न भएको हुन सक्ने आशंकामा ठाकुरका छिमेकी राजाराम यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *