TodayPati

राज्यमन्त्री पदबाट राजिनामा दिएकी झा फर्किन् मन्त्रालय

टुडेपाटी-
जनकपुरधाम, फागुन १२ गते ।

आफ्नो पदीय मर्यादा बचाउन राजिनामा दिएकी प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा मन्त्रालय फर्केकी छन् । पार्टी नेतृत्व एवं अग्रजको सल्लाहमा राजिनामा फिर्ता लिएर मन्त्रालय मन्त्रालय फर्केको उनले बताइन् ।

‘मैले राजिनामा दिएको थिएँ । तर पार्टी नेतृत्व र अग्रजहरुको सल्लाहमा पुनः फर्किएँकी हुँ ।’ राजपा नेपालबाट राज्यमन्त्री बनेकी झाले भनिन् । मन्त्री झा राजपा नेपालका केन्द्रिय संयोजक मण्डलका सदस्य अनिलकुमार झाकी श्रीमती हुन् ।

Sponsored

कुनै पनि जिम्मेबारी नदिएको भन्दै पदीय मर्यादा बचाउन माघ १४ गते उनले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई बुझाएकी थिइन् । प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकूल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा दिएकाृ भन्ने कुरा राज्यमन्त्र झाले राजिनामा पत्रमा उल्लेख गरेकी थिइन् ।

सोमबार मन्त्रालय फर्किएपछि राज्यमन्त्री झाले मन्त्री सोनलसंग मन्त्रालयको विषयमा कुराकानी समेत गरेकी छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *