TodayPati

सप्तरीमा बलात्कारको घटना मिलाइदिएपछि पीडितद्वारा आत्महत्या : पन्च, स्थानीय र आरोपी पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असोज २ गते ।

सप्तरीमा सामूहिक बलात्कारको घटना मिलाइदिएपछि पीडितद्वारा आत्महत्या गरेको घटनामा प्रहरीले पन्च, स्थानीय र आरोपीलाई पक्राउ गरेका छन् ।

प्रहरीले पन्च र स्थानीयहरु ६५ वर्षीय जयकान्त मण्डल, ६० वर्षीय बासुदेव मण्डल र ५० वर्षीय सत्यनारायण मन्डललाई पक्राउ गरेको छ। बलात्कारका आरोपीहरु १९ वर्षीय बब्लु भनिने सुमन मण्डल र १८ वर्षीय रन्जित मण्डललाई पक्राउ गरेको छ ।

Sponsored

डान्केश्वरी नगरपालिका-७ मा १८ वर्षीया किशोरीले भदौ ३० गते बिहानको राती साढे २ बजे आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनीमाथी चार जनाद्धारा भएको सामूहिक बलात्कारको घटनामा गाउँमै पन्च र स्थानीयहरुको मिलेमतोमा घटनालाई साम्य पारिएको दिनको राती किशोरीले आत्महत्या गरेकी थिइन् ।

सामूहिक बलात्कारका आरोपीमध्ये दुई जना फरार छन् । पक्राउ परेकाविरुद्ध जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *