TodayPati

प्रदेश २ : पेट्रोलियम पदार्थमा मिसावट गर्ने दुईजना ट्यांकर चालक पक्राउ

टुडेपाटी

बारा, भदौ ३१ गते ।

प्रदेश २ बाट पेट्रोलियम पदार्थमा मिसावट गर्ने दुई जना ट्यांकर चालक पक्राउ परेका छन् ।

Sponsored

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२१ बस्ने ना.७ ख ३९२३ को ट्यांकर चालक वर्ष २६ को राजेश विश्‍कर्मा र मकवानपुरको हेटौडा नगरपालिका–११ नवलपुर बस्ने ना।७ ख ४०९३ को ट्यांकर चालक वर्ष २९ का सन्तोष खड्कालाई प्रहरीले पक्राउ गरको हो ।

उनीहरुले ट्यांकरमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा पेट्रोलमा मिसावट गरेको प्रहरीले जनाएको छ।

२ नं। प्रादेशिक कार्यालय अमलेखगंजमा ट्यांकर खालि गर्नुपूर्व निगमको गुणस्तर बिनियमावाली अनुरुप गुणस्तर चेकजाँच गर्दा मिसावट रहेको पाइएको थियो।

Sponsored

निजहरूलाई पक्राउ गरी कालो बजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *