TodayPati

प्रदेश २ : थप २६ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कहाँ थपिए संक्रमित ?

टुडेपाटी

जनकपुरधाम, भदौ ३० गते ।

प्रदेश २ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसीआर परीक्षणमा बारा र रौतहटका २६ जनामा कोरोना संक्रमण देखिएको हो।

Sponsored

संक्रमण पुष्टि हुनेमा २ जना महिला र २४ जना पुरुष रहेका नारायणी अस्पतालका प्रवक्ता डा। अतुलेशकुमार चौरसियाले जानकारी दिए।

उनका अनुसार थपिएका संक्रममितमध्ये बाराका ३ जना र २३ जना संक्रमित रौतहटका बासिन्दा हुन्।

रौतहट गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका चार जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ भने गुरुडाकै सिभिल बैंकका ४ जना कर्मचारी पनि संक्रमित भएका छन्। सशस्त्र प्रहरी हजमिनियाका दुई जना र गरुडा इलाका प्रहरी कार्यालयमा एक जना संक्रमित थपिएका छन्।

Sponsored

माधवनारायण नगरपालिका– ३ र वडा ४ मा एक ÷एक जनामा कोरोना देखिएको छ भने चन्द्रपुर नगरपालिका– ६ मा एक जनामा कोरोना पुष्टि भएको छ।

गरुडा नगरपालिकाको विभिन्न वडामा ९ जना संक्रमित थपिएका छन्। बारामा थपिएका संक्रमितमध्ये प्रसौनी गाउँपालिका २ का १ जना, जितपुर सिमारा उपमहानगरपालिका वडा न। १२ का १ जना र वडा न। ४ का १ जना रहेका छन्।
सोमबार प्रयोगशालामा कुल २ सय ९० जनाको स्वाब परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *