मन्त्री ज्ञवाली बने सरकारका प्रवक्ता
टुडेपाटी
काठमाडौँ, भदौ ३० गते ।
संघीय सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको उनको निजी सचिवालयले जनाएको छ।
सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा गत भदौ २० गते कार्यकाल सकिएर बाहिरिएसँगै सरकारको प्रवक्ता कसैलाई पनि तोकिएको थिएन।
Sponsored