सप्तरीमा जिल्ला प्रशासनको कामकाज आजबाट शुरु हुँदै, कुन काम हुने / नहुने ?
टुडेपाटी
राजविराज, भदौ ३० गते ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञा हटाउने निर्णय गरेसँगै कार्यालये काम थालेको छ ।
नागरिकता र नागरिकताको प्रतिलिपी वितरणबाहेकका सबै कामकाज आजदेखि सुरु गरिएको कार्यालयका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सतर्कता एवं मापदण्ड पालना गरी कामकाज सुचारु गरिएको हो ।
मन्त्रिपरिषदको साउन २६ गतेको बैठकबाट भएको निर्णय र जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले गरेको निर्णयको आधारमा कार्यालय सन्चालनमा आउन लागेको ठाकुरले जानकारी दिए ।
यसअघि सोमबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा हटाउने निर्णय गर्दै भीडभाड हुन नदिने निर्णय गरेको थियो ।
Sponsored