TodayPati

कोरोना संक्रमित सिरहाकी ३३ वर्षीया महिलाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ २९ गते ।

कोरोना संक्रमणबाट सिरहाकी थप एक महिलाको मृत्यु भएको छ । योसँगै सिरहामा कोरोना भइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर घर भएकी ३३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

Sponsored

लामो समयदेखि ज्वरो आइरहेको ती महिला जनकपुरस्थित काव्या अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमै पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।

उपचारकै क्रममा उनको आइतबार साँझ ६ बजे मृत्यु भएको स्वास्थ्य प्रमुख यादवले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *