TodayPati

प्रदेश २ : शौचकालागि निस्केकी युवतीमाथि सामुहिक बलात्कार, बलात्कारीको पहिचान खुल्यो

टुडेपाटी-

राजविराज, भदौ २९ गते

सप्तरीमा शौचालय निस्केकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । बलान बिहुल गाउँपालिकामा शौचकालागि बाहिर निस्केकी १७ वर्षीया किशोरीमाथि शनिवार राति बलात्कार भएको प्रहरीले जनाएको छ ।

Sponsored

घरमा शौचालय नभएका कारण रातको ९ बजे निक्लिएका सुस्त मनस्थितीकी किशोरीलाई २१ वर्षीय एक युवकले पहिले समातेका थिए ।

युवतीका अनुसार तीय युवकले उनको मुखमा गम्छाले बाँधेपछि दुई जना साथीलाई फोन गरेर बोलाए। मोटरसाइकलमा आएका उनीहरुसहित मिलेर खेतमा पुर्‍याएपछि सामूहिक बलात्कार गरेको उनले प्रहरीमा बयान दिएकी छन् ।

प्रतिवाद गर्दा किशोरीको हातमा चोटपटक लागेको चिकित्सकहरुले बताएका छन्। आफूलाई जवरजस्ती करणी गरेको भन्दै प्रारम्भिक बयान दिएकी किशोरीले आरोपितमध्ये २ जनालाई पहिचान गरेकी छिन्। उनलाई उपचारका लागि राजविराज लगिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

Sponsored

उजुरी आएलगत्तै किशोरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर रामराजा केशरीले बताए।

बलात्कापछि युवाहरुले पीडित किशोरीलाई बिहान ३ बजे मोटरसाइकलमा घर नजिकै ल्याएर छाडेको उपचारका लागि सँगै राजविराज आएकी पीडितकी आमाले बताइन्। पक्राउ नपरेकाले आरोपितहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

कोभिड–१९ को संक्रमण रोकथामका लागि लकडाउन सुरु भएयता चैत महिनादेखि हालसम्म सप्तरीमा २१ वटा बलात्कारको घटना भएकामध्ये अधिकांशमा बालिका पीडित भएको प्रहरीले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *