TodayPati

कमला नगरपालिकाका मेयर र वडाध्यक्ष विरुद्ध उपमेयर पक्षको पत्रकार सम्मेलन

टुडेपाटी-
जनकपुरधाम, भदौ २८ गते ।

धनुषाको कमला नगरपालिकामा जनप्रतिनिधि बिचको विवद उत्कर्षमा पुगेको छ । नगरपालिकाका मेयर रामउदगार गोइतलगायतका ९ जना वडाध्यक्षहरुले मिलेर योजनामा मनोमानी गरेकोभ भन्दै उपमेयर शिलादेवी मण्डल पक्षले पत्रकार सम्मेलन गरी विरोध जनाएका छन् ।

मेयर गोइतले बहुत कार्य पालिका सदस्य र वडा सदस्यहरुलाई कुनै जानकारी नदिई वर्षौदेखि नगरको योजनादेखि अन्य कार्यसम्पादन गर्दै आएकोमा उपमेयर शिला देवी मण्डलले आरोप लगाइन् ।

Sponsored

उपमेयरको नेतृत्वमा ५० सदस्यीय कार्यपालिका र जनप्रतिनिधीहरुको समुह मध्ये ३७ जनाले भदौ २ गते नै ३५ बुन्दे माग राख्दै मेयर गोइतलाई ज्ञापन पत्र बुझाएका थिए । मेयरले १५ दिन भित्रमा छलफल गरि माग सम्बोधन गर्ने प्रतिवद्र्धता जाहेर गरेपनि भदौ २८ गतेसम्म कुनै वास्ता नगरेपछि बाध्य भएर पत्रकार सम्मेलन जनतालाई जानकारी गराएको उपमेयर मण्डलले बताइन् ।

पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य विनोद रामले नगरपालिकाले दिएको विभिन्न योजनाको काम सम्पन्न गरि सकेका ५५ वटा योजनाका उपभोक्ता समितीको चेक अहिलेसम्म नदिएको आरोप लगाए ।

मेयर र वडाध्यक्षहरु मिलेर गोप्य तरिकाले योजनाको रकम दुरुपयोग गर्दै आएको र कार्यपालिकाको बैठक समेत नगरि आफु राजीखुशी खर्च गर्दै आएको वडा नं. १ का वडा सदस्य विन्देश्वर यादवले गुनासो गरे ।

Sponsored

कमला नपा –९ का वडा सदस्य रामसती देवी मंडलले कमला नगरपालिकाले मेयर र वडाध्यक्षहरु मिलेर नरक पालिका बनाई दिएको आरोप लगाइन् । मेयर र वडाध्यक्षहरुले नगरसभा भन्दा पहिले नै सदस्यहरुलाई सहि छाप गराई झुक्याउँदै आएका खुलासा गरे ।

मेयरलाई बुझाएको ३५ बुन्दे मागबारे सम्बोधन नभए नगरपालिकाको नगरपरिषदमा आफुहरु उपस्थित नहुने उपमेयर मण्डलले बताइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *