रौतहटबाट विजुली चोरी गरी चलाउने १२ वटा मोटर बरामद
टुडेपाटी-
रौतहट, भदौ २७ गते ।
रौतहटको नेपाल बिधुत प्राधिकरण मौलापुर बितरण केन्द्रलले विजुली चोरी गरी चालउने विद्युतीय समान बरामद गरेको छ । मौलापुर शाखाबाट खटेको टोलीले मौलापुर नगरपालिकाको विभिन्न वडाबाट १० वटा र बौधीमाई नगरपालिकाबाट २ वटा गरि १२ वटा पानी तान्ने मोटर बरामद गरेको हो ।
यस्तै एउटा एलसिडीको समेत बरामद गरेको मौलापुर वितरण केन्द्र प्रमुख शक्ति साहले जानकारी दिए ।
बरामद गरिएका समानहरु आवश्यक कार्यबाहीका लागि कार्यलयमा राखिएको छ । उनले कृषि कार्यका लागि कृषि मिटर लिन कृषकलाई आग्रह गरेका छन् ।