सर्लाहीमा ८० सहित प्रदेश २ मा थप १३२ जनामा कोरोना पुष्टि
टुडेपाटी-
जनकपुरधाम, भदौ २७ गते ।
प्रदेश २ मा शनिबार २६ महिलासहित १३२ कोरोना संक्रमित थपिएका छन् । सबभन्दा बढी सर्लाहीमा ८० जना संक्रमित फेला परेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै सप्तरीमा १६ जना, बारामा १४ जना, पर्सामा ९ जना, सिरहामा ५ जना, महोत्तरीमा ७ जना र धनुषामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ४५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा उपचार पश्चात ७ महिलासहित ४२ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा हालसम्म उपचार पश्चात ६ हजार ३ सय ११ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
Sponsored