TodayPati

विदेह नपामा कमिसन माग्दा होटेलबाला र हाकिमबिच गालीगलौज, मेयर एक्सनमा

टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले धनुषा प्रहरी गालीवेजती गर्नेलाई उन्मुक्ति दिएको आरोप लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत संजिव साहलाई कार्यकक्षमै तथानाम गलीगलौज तथा हुलहुज्जत गर्ने स्थानीय शम्भु मण्डललाई प्रहरीले कारबाहीको साटो उन्मुक्ति दिएको मेयर दासको आरोप छ ।

गालीगलौज गर्ने शम्भु विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा नगरपालिकाकै लेटरप्याडमा लिखित उजुरी दिँदा समेत उनलाई कारबाही नगरेको मेयर दासले गुनासो गरे । ।

Sponsored

विदेह नगरपालिकाका मेयर बेचन दास

केहि दिन अघि बिदेह नगरपालिका वडा नंम्बर ७ बस्ने शम्भु मण्डलले ड्रग्स सेवन गरी प्रमुख प्रशासकीय अधिकृत सञ्जिव साहलाई कार्यालयमै गाली बेइज्जत गर्दै बिभिन्न धाक–धम्की दिएको थियो’ मेयर दासले भने ‘ सोहि बिषयमा शम्भुलाई पक्राउ गरी कारबाहीको लागि नगरपालिका कार्यालयकै लेटर प्याडमा हामीले लेखेर निवेदन दिएका छौं । तर एसपीले कुनै चासो देखाउनु भएन ।’ .

यता धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले गालीगलौज गर्ने सम्भुलाई पक्राउ गरी दुईदिन थुनामा राखेर छोडेको बताए । शम्भुले माफी मागेर आयिन्दा गालीगलौज नगर्ने सर्तमा छाडेको जानकारी दिए । गाली गरेको समयमा उजुरी नदिने र ६ महिना अघि पछिको गालीगलौज घटनालाई म्याद हदको कारण समस्या भएको एसपी बस्नेतको भनाइ छ । ‘समान्य विवाद गालीगलौजको घटना न्यायिक समितिले समाधान गर्ने अधिकार स्थानीय सरकारसंग आफै छ’ एसपी बस्नेतले टुडेपाटीसंग भने समानय विवादको उजुरी प्रहरीमै परेसानी बढेको छ । मैले उहाँहरुलाई आफै समान्य विवाद समाधान गर्नुस् भनेको छु ।’

किन भयो गालीगलौज ?

Sponsored


स्थानीय होटेल सञ्चालक समेत रहेका शम्भु मण्डलले कसैलाई कुनै किसिमको गाली बेज्जत नगरेको दावी गरे । उनले नगरपालिकाका कर्मचारीले बेला–बेला होटेलमा आएर मासु, दारु खाएको बीलको भुक्तानी माग्न जाँदा प्रमुख प्रशासकीय अधिकृत साहले नै उल्टै अपशब्द प्रयोग गरेको राजपाका एक नेताले बताए ।

यता प्रमुख प्रशासकीय अधिकृत साहले शम्भु मण्डल जाडरक्सी सेवन गरी पटक–पटक नगरपालिका कार्यालयमा आएर आफु लगायत, मेयर, कर्मचारीहरुलाई तथानाम गाली गलौज गर्ने गरेको दावी गरे । केहिदिन अघि मात्र नगरपालिकाको कार्यपालिका सदस्य शिवनाथ भगतलाई केहि गुण्डा गिरोहको उक्साहटमा शम्भुले कुटेको कारण मेयर दासले प्रहरीमा उजुरी दिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत संजिव साह

कर्मचारी, मेयरका आसेपासे, छोरा, भाई लगायत आफन्तहरुले खाएको करिब ३४ लाख रुपैयाँ गत आ.व.२०७६।०७७ मा नगरपालिका कार्यालयले बील भर्पाइ गरी भुक्तानी गरेको छ । .

नगरपालिकाका कर्मचारी र मेयरका छोराले होटेलमा खाजा खाएको बिल

नगरपालिकाका नेता कार्याकर्ता तथा मेयर दासका आसेपासले तिनकौरिया चौकको फुलबारी होटल, चंदन होटल र शम्भु होटेलको खाना र खाजा खाने गरेका छन् । यी दुबै होटेलबालाले मेयर दास र अधिकृत साहलाई कमिशन दिने गरेको र शम्भु संग कमिशन माग्दा नदिएका कारण बिबाद भएको स्थानीयले बताएका छन् ।

होटेल संचालक शम्भु मण्डलको घर भएको वडा नं. ७ मा नगरपालिकाबाट दुईवर्ष अघि गुणस्तरहीन सडक ढलान भएको थियो । त्यस कामको मण्डलले लिखित तथा मैखिक बिरोध गरेका थिए ।

होटेल संचालक शम्भु मण्डल

मण्डलले सडकको भुक्तानी रोक्का गर्न तथा पुनर मूल्याङ्कनका लागि प्रशासकीय अधिकृत साहसंग निबेदन दर्ता गराएका थिए । तर साह आफै इन्जिनीयर र हाकीम दुबै भएका कारण सो भुक्तनी नरोकेको कारण बिबाद भएको ती नेताले बताए ।

प्रशासकीय अधिकृत साह कमिशनको लागि मरिहत्ते गर्ने र पैसाकै लागि बिदेह नगरपालिकामा बसेको स्थानीयको आरोप छ । पैसा कमाएर दिएकै कारण नगरपालिकामा हालसम्म ४ जाना प्रशासकीय अधिकृत आएपनि मेयर दासले कसैलाई हाजरी हुन नदिएको थानीयको गुनासो छ ।

प्रशासकीय अधिकृत साहको सरुवा एकबर्ष अघि भएको थियो । तर मेयरसाहसंग हरेक योजना र कमिसन लेनदेनमा कुरा मिल्ने गरेको कारण उनी अन्त जाना नचाहेको कार्यालयका एक कर्मचारीले बताए । प्रशासकीय अधिकृत साह त्यहाँ बसेदेखि विभिन्न विषयमा विवादित बन्दै आएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *