सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।
सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सिरहाको बिष्णुपुर गाउँपालिका १ का ५५ वर्षीय गौरी यादवलाई करेन्ट लागेर मृत्यु भएको हो ।
खेतमा मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरले जनाएको छ । करेन्ट लागे पश्चात् तत्कालै घाइते यादवलाई मुसहर्निया स्थित आरके मेडिसिटी अस्पताल लगिएको थियो । तर उनको उपचार हुन नपाउँदै त्यहीँ मृत्यु भएको बताइएको छ ।
मृतक यादवको शव पोस्टमार्टमकालागि सिरहा जिल्ला अस्पताल पठाइएको छ ।