TodayPati

बटेश्वर गाउँपालिका अध्यक्ष राउतले एकल महिलाहरुलाई अभद्र गाली गरेको आरोप

टुडेपाटी–
जनकपुरधाम, भदौ २५ गते ।

बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले एकल महिलाको विषयमा अपमानजनक अभिव्यक्ति दिएको आरोप लागेको छ । एक युवकले आफ्नी आमाको एकल महिला सम्बन्धी कार्ड नविकरणको विषयमा जानकारी लिन फोन गर्दा अध्यक्ष राउतले समग्र एकल महिलाको अपमान हुने अभिव्यक्ति दिएको आरोप लागेको हो ।

बटेश्वर गाउँपालिका वडा नं. २ का रामबालक महतोले गाउँपालिका अध्यक्ष राउतलाई फोन गर्दा एकल महिलालाई गाली गरेको गुनासो गरेका हुन् ।

Sponsored

वाडा नं. २ कहचरीटोलकी एकल महिला ६० वर्षीय सुकनी देवी महतो एकल महिलाको भत्ता पाउने कार्ड नविकरणको लागि वडा कार्यालयमा पुगेकी थिइन् । तर वडा कार्यालयले अहिले कार्ड नमिवकरण नहुने भन्दै उनलाई फर्काएको थियो । दुईदिनपछि उनकी छोरा रामबालकले वडाध्यक्ष गंगाराम कुमरलाई नविकरणको विषमा बुझ्न फोन गर्दा माथिको आदेश नै यस्तो रहेको बताएका थिए ।

लगतै गाउँपालिका अध्यक्ष राउतलाई एकल महिलाको कार्ड नविकरणको विषयमा फोन गर्दा सम्पूर्ण एकल तथा विधवा महिलाहरुलाई गाली गरेको रामबालकको भनाइ छ ।

‘आमाको कार्ड नविकरणको विषमाय वडाध्यक्षपछि मैले गाउँपालिका अध्यक्ष राउतलाई फोन गरी बुझ्न खोजे । मैले अध्यक्षजीलाई सोधे एकल महिलाको कार्ड जुन साउन महिना भित्र गराउनु पर्छ, तपाईहरु वडा कार्यालयबाट किन फिर्ता पठाउनु हुन्छ ? किन नविकरण गर्दैन ?’ रामबालकले भने ‘अनि अध्यक्षजीले जवाफ दिनुभो ‘एकल महिला र जति विधवा छन् नि ! ५०जना –सयजना केटा लिएर हिड्छन्…..’ सरकारले निर्णय गरसक्यो । अब हुदैन ।’ मेरो आमा लगायत समग्र एकल महिलालाई यस्तो अभद्र गाली गरेपछि म अबाक भएँ । र तत्कालै फोन काटे ।’

Sponsored

आफु प्रहरी पेशामा बाहिर कार्यरत्त रहेकोले समय अभावले घर आउन नसकेर कारबाही प्रक्रियामा अघि नबढेको रामबालकको भनाइ छ । रामबालकले गाउँपालिका अध्यक्षसंग आफ्नो कुनै प्रकारको रिसीबी नरहेकाले बताउँदै सम्पूर्ण एकल महिलाको विषयमा गरेको अभद्र गाली कलडिटेलमा सुरक्षित रहेकोले आवश्यक्ता परे प्रमाणित गरिदिने बताए ।

यता गाउँपालिका अध्यक्ष राउतले एकल महिला सम्बन्धि कानुन परिवर्तन हुनुपर्छ भन्ने अाशय मात्र युवकलाई राखेको दावी गरे ।

गाउँपालिका अध्यक्ष राउतले भने ‘एकल महिलाको विषयमा मैले अपमानजनक कुरा भनेकै छैन । एकल महिला सम्बन्धि कानुन परिवर्तन हुनुपर्छ भन्ने अाशय राखेको थिएँ । तर उनले अर्थको अनर्थ बुझे’

यसअघि बटेश्वर गाउँपालिका १ स्थित बडहडी खोलामा गाउँलाई नै धरापमा पारेर भएको अवैध उत्खनन्को विरोधमा उत्रेका विजयपुरका गाउँलेलाई उच्सृंखल भनेका थिए । त्यस्तै सामुहिक छलफलमा बसेका वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र महतोलाई आत्मसम्मान तथा समाजिक सद्भावमा खलल पुग्ने गरी फोनमा गाली गरेका थिए ।

अध्यक्ष राउत आफुभन्दा जेष्ठ नागरिकलाई समेत तँ तिमी भनेर अनदार गर्ने तथा नागरिकलाई हेप्ने, होच्याउने जस्ता ब्यबहार प्रदर्शन गर्ने गरेको आरोप लाग्दै आएको छ ।

विगतमा आधिवक्ता समेत रहेका राउत लामो समय काठमाडौंमा बसेर एजेन्टी पेशा गर्दै आएका थिए । स्थानीय तहको चुनावमा उनले पावरको भरमा टिकट लिएर चुनाव जितेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *