धनुषा : बालिकालाई पसलमा बोलाएर बलात्कार, फरार पसले पक्राउ
टुडेपाटी-
जनकपुरधाम, भदौ २४ गते ।
धनुषामा १४ वर्षीया बालिकालाई पसलमा बोलाएर बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडाका स्थानीय किराना पसल सञ्चालक बद्रीनाथ साहलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गएको भदौ २० गते साँझ चाउचाउ दिने बहानामा पसलमा बोलाई कार्टुनलाई माथि छतमा लग्न भनेको र छतमै बालिकाको मुख थुनेर बालत्कार गरेको सम्बन्धमा परेको उजुरीको आधारमा साहलाई बुधबार साँझ पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
बलात्कार घटना पश्चात फरार रहेका आरोपी साहलाई लुकिछीपी बसेको अवस्थामा बुधबार साँझ महोत्तरीको मठिहानीबाट पक्राउ गरी ल्याएर थप अनुस्न्धान गरिरहेको डीएसपी मिश्रले बताए ।