TodayPati

युवक मृत्यु प्रकरण : रौतहटका तत्कालीन प्रहरी प्रमुखसहित ६ प्रहरी विरुद्ध मुदा दर्ता

टुडेपाटी-
रौतहट, भदौ २४ गते ।

हत्या आरोपमा पक्राउ परेको विजय रामको प्रहरी हिरासतमा मृत्यु भएपछि रौतहटका तत्कालीन प्रहरी प्रमुखसहित ६ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मृतक विजय रामका परिवारले बुधबार मुद्दा दिएका हुन् ।

Sponsored

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी नायब निरीक्षक वीरेन्द्र यादव र हवल्दारद्वय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुर्दा दर्ता भएको हो । उनका बाबु पनिलाल महराले यातना तथा ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गराएको रौतहटका एक प्रहरी अधिकृतले बताए ।

साथी निरञ्जन रामको हत्या आरोपमा पक्राउ परेका विजय रामको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका बेला उपचारका क्रममा वीरगञ्जको नेश्नल मेडिकल कलजेमा मृत्यु भएको थियो ।

आरोपलागेका प्रहरी अधिकारीहरुलाई संगठनले समेत जिम्मेवारीबाट हटाइसकेको छ । एसपी खड्का प्रधान कार्यालय तानिएका छन् भने अन्य केहीलाई प्रदेशमा तानिएको छ ।

Sponsored

मृतक परिवारले प्रहरीको चरम यातनाले विजयरामको मृत्यु भएको दावी गर्दै दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने माग गर्दै आएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *