TodayPati

प्रादेशिक प्रयोगशालालाई गुणस्तरीय कोरोना परीक्षण गर्न अत्याधुनिक बनाइँदै

टुडेपाटी-
जनकपुरधाम, भदौ २४ गते ।

गुणस्तरीय कोरोना परीक्षणका प्रयोगशालालाई अत्याधुनिक बनाउन लागिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक डा. श्रवणकुमार मिश्रले बताएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक मिश्रले उपकरणरहित प्रयोगशालालाई अब गुणस्तरीय परीक्षणका लागि चाँडै उपकरण सहितको प्रयोगशाला बनाइने बताए ।

Sponsored

‘प्रदेशमा हाल सञ्चालित प्रयोगशालाहरुलाई व्यवस्थित रुपमा सुदृढिकरण गर्न आवश्यक मेशिनरी इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स औजार र उपकरणहरुको व्यवस्थापन एवं जनशक्तिको क्षमता अभिवृद्धि गरि चाँडै सेवा स्तरोन्नती गरिनेछ । अब गुणस्तरीय परीक्षण यहिंबाट प्रदान हुन्छ’, निर्देशक डा. मिश्रले भने ।

यहाँका जनतालाई अबको केहि दिनमै काठमाडौं अथवा धरान जानुपर्ने बाध्यताको अन्त्य हुने समेत उनले जिकिर गरे । यस प्रयोगगशालाले जाँचको दायरालाई बढाउँदै मंगलबारसम्म १७ हजार परीक्षण सम्पन्न गरिसकेको बताउँदै निर्देशक मिश्रले भेटनरी प्रयोगशालामा कोभिड-१९ प्रयोगशाला निर्माण गरि छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशाला र वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालको प्रयोगशालालाई आवश्यक सहयोग गर्दै रौतहटको गौरमा समेत कोभिड प्रयोगशाला स्थापनामा प्राविधिक सहयोग गरिरहेको निर्देशक मिश्रको भनाइ छ ।

Sponsored

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टको विश्वसनियतामाथि प्रश्न उठेकोले गलत रिपोर्टको छानविनका लागि विज्ञ सम्मिलित टोली बनाइने समेत उनले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *