मुख्यमन्त्री राउतले दिए जितिया पर्वको शुभकामना
टुडेपाटी-
जनकपुरधाम, भदौ २४ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जितिया पर्वका व्रतालु महिलालाई शुभकामना व्यक्त गरेका छन् । सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ-आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा उपवास बसेर जिर्मूतवाहन देउताको पूजापाठ गरेर पर्व मनाउने गर्छन् । आजबाट विधिवतरूपमा सुरु भई शुक्रबार बिहान यो पर्व सम्पन्न हुन्छ ।