जनकपुरधाम- १२ का वडाध्यक्षले मनोमानी ढंगले सडक बनाउन लागेको स्थानीयको आरोप
टुडेपाटी-
जनकपुरधाम, भदौ २२ गते ।
जनकपुरधाम उपमहानगरपालिका १२ कुवा टोलमा बाटो निर्माणमा वडाध्यक्ष सत्रोहन यादवले मनोमानी गरेको आरोप लगेको छ । वडाध्यक्षले आफ्ना नेता कार्यकर्ताको घर बचाउन मन्दिरको जग्गा अतिक्रमण गरेको आरोप लागेको हो ।
नेपाली काँग्रेसबाट वडामा निर्वाचित भएका सत्रोहन यादवले आफ्ना निकट रहेका स्थानीय बद्रीनारायण मण्डलको जग्गा १ फिट समेत नलिइ त्यसको साटो राजदेवी मन्दिरको जग्गा अतिक्रण्मा गरी सडक बनाउन लागेको स्थानीयले बताएका छन् ।
बिना नक्सा आफ्नै इच्छानुकुल भेदभाव ढंगले बाटो निर्माण गरिरहेको स्थानीय चन्द्रदेव पण्डितले गुनासो गरे ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयबाट १० मिटर चौडा बाटो बनाउन लागेको छ । राजदेवी मन्दिर रहेको ठाउँमा मन्दिरकै जग्गा अतिक्रमण गरी सडकमा लिएको र बद्रीनारायण यादवको जग्गा बचाएको स्थानीयको आरोप छ । आफ्ना निकट नेता कार्यकर्ता रहेको ठाउँमा समेत विभेद ढंगले बाटो बनाउन लागेको स्थानीयले गुनासो गरेका छन् ।
यता वडाध्यक्ष सत्रोहन यादवले समान ढंगले नक्सा अनुसार सडक बनाउन लागेको दावी गरे । उनले कतै काखापाखा नगरी नक्सा अनुसार नै सडक निर्माण गरिरहेको दावी गर्दै कुनै कुनै ठाउँमा टेढो रहेको सडकलाई सिधा पार्न मात्र त्यस्तै गरेको तर्क गरे ।
अहिले बनिरहेको सडकमा बद्रीनारायणको जग्गा नपरको र दक्षिणको सडक बने मात्र उनको जग्गा पर्ने वडाध्यक्ष यादवको भनाइ छ ।
Sponsored