TodayPati

प्लाजमा थेरापी गरिएका कोरोना संक्रमितको वीरगन्जमा मृत्यु

 टुडेपाटी-
वीरगन्ज, भदौ २१ गते ।

कोरोनाबाट वीरगन्जको नारायणी अस्पतालमा एक जनाको मृत्यु भएको छ । सर्लाहीका ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमित भएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि ६ दिन अगाडि अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।

भर्ना भएको भोलिपल्ट उनलाई प्लाज्मा थेरापी गरिएको थियो । थेरापीपछि केही सुधार देखिए पनि उनको आइतबार बिहान मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *