TodayPati

सप्तरीको छिन्नमस्ता गाउँपालिका महिनौंदेखि अधिकृतबिहीन

शुभ नारायण यादव-
सप्तरी, भदौ २१ गते ।

विगत दुई महिनादेखि सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नहुँँदा दैनिक अत्यावश्यक कामकाज प्रभावित भएको छ । गत असार ३१ गतेदेखि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा कार्यालयमा उपस्थित नहुादा हजारौं सेवाग्राहीहरुको कामकाज प्रभावित भएको हो ।

गाउँपालकामा विगत दुई महिनादेखि अधिकृत नहुँदा कामकाज प्रभावित भइरहेको नेकपाका नेता बिनोद यादवको गुनासो छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा व्यवसायी दर्ता ,क्यान्सर पीडितको सिफारिस लगायतका अति अवाश्यक कामकाज प्रभावित भइरहेको गुनासो नेता यादवले गरेका छन् । त्यस्तै, गाउँपालिकामा हालसम्ममा हरहिसाव सार्वजनिक नहुँदा अझै गाउँसभा समेत हुन नसकेको छ ।

Sponsored

यता गाउँपालिकामा अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश कुमार शर्माकै भरमा सञ्चालनमा रहेपनि अति आवश्यक कामकाज हुन नसकेको गुनासो छ । विगतमा गरिएको निर्णयहरु कार्यान्वयन नभएको भन्दै नेकपा संघर्ष समितिले आइतबार गाउँपालिकामा ज्ञापनपत्र बुझाउने निर्णय गरेपनि अधिकृत नहुँदा सो कार्य प्रभावित भएको संघर्ष समितिका जय प्रकाश यादवले बताए । समितिले यस गाउँपालिकामा कोभिड १९ कोरोना भाइरसको नाममा के कति खर्च भएको छ साथै अन्य विभिन्न १४ बुदे मागसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको तर अधिकृत नहुँदा ज्ञापनपत्र नबुझाएको संघर्ष समितिले जनाएको छ ।

यदि आफुहरुको माग सम्बोधन नभएको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी समेत समितिले दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *