जनकपुरका डाक्टर साह लागुऔषध सहित विराटनगरबाट पक्राउ
टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।
जनकपुरका एक चिकित्सक लागुऔषध सहित विराटनगरबाट पक्राउ परेका छन् ।
भारतबाट लागुऔषध लिएर आउँदै गर्दा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगरबाट जनकपुर उपमहानगरपालिका–११ घर भई सुनसरीको धरानमा डेरा बस्दै आएका दन्त रोग विशेषज्ञ डा. सन्दीपकुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेपछि ३३ वर्षीय साहले भारतबाट लागुऔषध नेपाल भित्र्याउने धन्दा चलाइरहेको तथ्य बाहिरिएको छ ।
आईसीपीको बाटो हुँदै भारतबाट को ९ प ८५३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई विराटनगर भन्सारको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले मोटरसाइकलको लेगगार्डमा झुन्ड्याइएको प्लाष्टिकको झोलामा लागुऔषध स्पास्मोप्रोक्सिभन २० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र डाइलेक्स डीसी ९ बोतल फेला परेको जानकारी दिए ।
Sponsored
साहविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
Are those medicines only narcotics, and have no other medicinal use? Even the quantities are too small. As a doctor, can’t he keep some specialized medicines for special cases? Sounds stupid.