TodayPati

विवाहको प्रलोभनमा तीन वर्षदेखि आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गर्ने डाक्टर श्यामसुन्दर पक्राउ

टुडेपाटी
रौतहट, फागुन १० गते ।

रौतहटमा आफनै क्लिनिककी महिला सहकर्मीलाई जबरदस्ती करणी गरेको आरोपमा एकजना चिकित्सक (अहेब) लाई प्रहरीले पक्राउ गरेको छ ।

मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दैआएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरदस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।
पीडित महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भईसकेको डिएसपी महतोले जानकारी दिएका छन् ।

पछिलो दुईबर्षदेखी गरुडास्थित पोलीक्लिनिक सञ्चालन गरेका आरोपी पटेलमा काम गर्दैजाँदा बिवाहगर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाई छ ।

Sponsored

पटेलले करणी गरेकाले तीन महिनाको गर्भवती रहेको चौधरी थरकी पीडितले बताएकी छिन् । उनले यसअघि एकबर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर औषधीबाट गर्भ तुहाउन लगाएको दुखेसो पोखिन् ।

फेरी अब बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ ।

तर जिल्ला अस्पतालमा भएको स्वास्थ परिक्षणको अधिकारीक रिपोर्ट नआएसम्म गर्भ भए नभएको बारे बोल्न नमिल्ने डिएसपी महतोले बताएका छन् । आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा रहेको र घटनाबारे थपअनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *