TodayPati

महागढीमाई मेयरको निर्देशनमा कुटपिट गर्ने ८ जना विरुद्ध जाहेरी

टुडेपाटी-
जनकपुरधाम, फागुन १० गते ।

भिडियो खिचेको निहुमा मेयरको निर्देशनमा कुटपिट र अपहरणको प्रयास गर्ने ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ । बाराको महागढीमाई नगरपालिका २ बरियारपुर महेन्द्र भन्ने हरेन्द्र महतोले जाहेरी दर्ता गराएका हुन् ।

आफ्ना छोरा मुकेशलाई बिहीबार साँझ स्थानीय बरियारपुर बजारमा पसलमा बसिरहेको बेला एक समुहले कुटपिट गर्नुको साथै अपहरण गर्ने प्रयास गरेको भन्दै उनीहरु विरुद्ध जाहेरी दिएका छन् । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवको निर्देशनामा मुकेशलाई कुटपिट गरी अपहरण गर्न खोज्ने नगरप्रहरी र केहि मेयरका आफन्तमाथि जाहेरी दिएको मुकेशले जानकारी दिएका छन् ।

Sponsored

जिल्ला प्रहरीमा अठजना विरुद्ध जाहेरी परेको जानकारी दिँदै बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जाहेरी अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाइने टुडेपाटीलाई बताए ।
आफुलाई शौचालयमा थुनेर दुब्र्यबहार गरेको भन्दै हरेन्द्रले बिहीबार मात्रै जिल्ला प्रहरी कार्यालय बारामै महागढीमाई नगरपालिकाका मेयर यादव विरुद्ध भेदभाव तथा अपमानजन्य व्यवबहार सम्बन्धी जाहेरी दिएका थिए ।

गएको सोमबार स्थानीय निर्माणाधीन अधुरो नाला निरीक्षणको क्रममा मुकेशले मेयर यादवको प्रतिक्रियासहितको भिडियो खिच्न खोजेपछि हप्काएका थिए । त्यहि भिडियो एक स्थानीयले समाजिक संजालमा पोस्ट गरेको निहुमा मेयर नगरप्रहरी परिचालन गरी मुकेशलाई खोजेर ल्याउन निर्देशन दिएका थिए । तर मुकेश नभेटेपछि खेतमा पानी पटाइरहेका उनका बुबा हरेन्दलाई पक्राउ गरी नगरपालिका ल्याएर मेयर यादवले हरेन्द्रलाई आफ्नो जुत्ता फुकालेर टाउकोमा राख्न भन्दा अस्वीकार गरेपछि झापड हान्दै शौचालयमा आधा घण्टा थुनेर दुब्र्यबहार गरेका थिए ।

सोहि बिरुद्ध बिहीबार हरेन्द्रले मेयर यादवलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारामा भेदभाव तथा अपमानजन्य व्यवबहार सम्बन्धी जाहेरी दिएका थिए । पीडित परिवारका अनुसार बिहीबार साँझ नै छोरा मुकेशमाथि नगरपालिकाको मेयर यादवको निर्देशनमा नगरप्रहरी तथा केहि आफन्त समुहद्वारा कुटपिट र अपहरण प्रयास भएपछि स्थानीय सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।

Sponsored

विकास निर्माणको निरीक्षणको क्रममा भिडियो खिचेकै निहुमा बुबालाई शौचालयमा थुनेको र छोरलाई गुण्डागर्दी शैलीमा कुटपिट तथा अपहरण प्रयास गरेको भन्दै स्थानीयहरुले मेयर यादवलाई कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारा अगाडी शुक्रबार प्रदर्शन समेत गरेका छन् । दर्जनौका संख्यामा रहेका स्थानीयहरुले मेयरको राजिनामा मागसंगै उनलाई कडा कारबाही गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *