सप्तरीमा अवैध काठसहित दुई तस्कर प्रहरीको फन्दामा
शुभ नारायण यादव
सप्तरी, भदौ १७ गते ।
प्रहरीले अवैध सालको काठसहित दुई जना तस्करलाई पक्राउ गरेको छ । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित सप्तरीको रुपनी १ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको हो ।
रुपनी गाउँपालिका वडा न।१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित उनी दुबै जना आज पक्राउ परेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिए । उनका अनुसार तीन थान सालको काठ ९२।१८ घनफिट० बरामद भएको छ ।
पक्राउ परेका दुबै जनालाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको छ । काठ ओसारिरहेकामध्ये एक जना भाग्न सफल भएको शम्भुनाथ शाखाका अधिकृत रामआशिष यादवले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबै जनाको पिसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने रेञ्जर साफीले जानकारी दिनुभयो । बन्दाबन्दीको समयमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको उनको भनाई छ ।
बन्दाबन्दी र निषेधाज्ञाको फाइदा उठाएर तस्करहरु काठ ओसार्न पल्केका छन् । विगत केही समय यता लकडाउनको मोका छोपेर सप्तरीमा काठ तस्करी मौलाएको स्रोतले जनाएको छ ।
Sponsored