हेल्लो सरकार ! कोरोनाको नाउमा लुट मच्चाउन निषेधाज्ञा कहिले सम्म ?
–राजेश कुमार सिंह –
लागातार पाँच महिनादेखि जारी बन्दाबन्दी तथा निषेधाज्ञाले देशका हरेक वर्ग, समुदाय र क्षेत्रमा आर्थिक तथा समाजिक हिसाबले मात्र नभइ समग्र रुपले नराम्ररी असर पारेको छ । राजनितिक दलका नेता र जनप्रतिनिधी र तिनका आसेपासे बाहेक प्राय ः सबैको अवस्था दैनिय हुँदै गएको छ ।
कोरोना संक्रमण नियन्त्रणको नाउमा दिनहुँद देशी विदेशी कम्पनीबाट करौडौँको समान तथा उपकरण खरिद हुँदा नेता तथा तीनका आसेपासेलाई दृष्य तथा अदृष्य माध्यमबाट मोटो कमिसन आउँछ, उनिहरुलाई कोरोना संक्रमणको नाउमा जति धेरै दिन निषेधाज्ञा थपिदै गयो उति धेरै आम्दानी आउँछ । समान्य जनजिवनको अवस्थामा हरेक काममा दोब्बर बढी कमिसनको सेटिङ गरी भ्रष्टाचार गर्ने नेता र बिचौलिया अहिलेको विष्म परिस्थिीतीमा यसलाई झन ठूलै मौकाको रुपमा देख्न थालेका छन् ।
कोरोना महामारी नियन्त्रनका नाममा अर्बौ खर्च गरेका हाम्रा देशमा जनताले उपचार नपाएर ज्यान गुमाउनु परेको थुप्रै उदाहरणहरु छन् । पाँच महिना सम्म लकडाउन हुँदा पनि संक्रमण बढयो भने लकडाउनको औचित्यके भयो त ?
यहीँबाट थाहा हुन्छ कि लकडाउन गरेर सरकारले गर्न खोजेको हो ? लकडाउन हामी जनताको लागि मात्र हो ठूलाबडाको सबै काम भएकै छ । लकडाउन र कोरोनालाइ ठूलाबडाले व्यपारको ठूलो मौका ठानेका छन् ।
अहिले जसरी लकडाउन थपिदै गएको छ, यसरी लकडाउन थपिदै जाने हो भने कोरोना नियन्त्रण होला त ? संक्रमितलाई राम्रो उपचार नदिने अनि लकडाउन गरेर कमाखइखाने यीनीहरुको दिन कहिले सक्ला ? सुरक्षा व्यवस्थामा कडाई नगरेर लकडाउनमा कडाई कहिले सम्म गर्ने हाम्रा हुनहार मन्त्री ज्युहरु ।
Sponsored
विभिन्न ठाउँमा सरकारद्वारा संचालित क्वारेन्टिन र आइसोलेसन गाइगोठजस्तै अव्यवस्थित भएको उदाहरण पनि धेरै छन् । जब सरकारको क्वारेन्टिन र आइसोलेसन समेत व्यवस्थित बनाउन सक्दैनन भने कसरी पत्याउनु सरकारले लकडाउन गरी कोरोना नियन्त्रण गर्न सक्छ ।
लामो लकडाउनले बेरोजगारी र आर्थिक भार तथा अभावले मानिसमा मानसिक तनावले आत्महत्या गर्ने संख्या दिनानुदिन बढ्दो छ ।
दैनिक ज्याला गरि दुई छाक टार्ने मानिलाई बाँच्न मात्र मुस्किल परेको छैन् भविष्य नै अन्योलमा परेको छ । सरकारले वितरण गरेको राहत समेत गरिब जनताले पाएनन् । कतिपय ठाउँमा गरिबकालागि आएको राहत धनीले लगेभने कतिपय ठाउँमा राहत खरिदमै व्यापक भ्रष्टाचार भयो ।
अस्पताल तथा आइसोलेसन बनाउने समयमा हाम्रा प्रधानमन्त्रीलाई अहिले नै मन्त्री छान्नु पर्ने र मन्दिर बनाउनु पर्ने हो । कोरोनाको नाममा यत्रो रकम खर्च भए पनि अहिले सम्म पर्याप्त उपचार सामग्री नहुनु कस्तो विडम्वना हो । हाम्रो देशको राजनितिक व्यक्तिमा नैतिकता भन्ने कहाँ गएको होला ।
सबैभन्दा अचम्मको निर्णय त खाद्यवस्तुको पसल विहान ९ ः १५ सम्म खोल्न दिने हो । विहान कोरोना संक्रमण फैलिदैन हो र ! हाम्रा स्वास्थ्य मन्त्रालयबाट सधै जानकारी आउछ, भिडभाड नगरौ ।
यति थाहा हुदाँ हुदै यस्तो निर्णय भयो । एउटा कुरा यसो विचार गरौ त ! हामी जहिले आ—आफ्नो समयमा खाद्यवस्तु किन्न जान्छौ तर विहान मात्र पसल खुल्ने भए हामी सबै जना सोहि समयमा जाने भयौँ कोरोना संक्रमणको जोखिम कति होला ? अनि यस्ता निर्णयबाट हुन्छ त कोरोना नियन्त्रण ?
लकडाउनले मात्र कोरोना नियन्त्रण हुने भए अहिले यसरी संक्रमितको संख्या बढने थिएन होला । अब यसरी लकडाउन गरेर कोरोना नियन्त्रण होला जस्तो छैन त्यसैले अब सबै क्षेत्र सुरक्षा व्यवस्थामा कडाई गर्दै खोल्दै लैजानु पर्छ नकि लकडाउनमा कडाई ।
मानौं दुई वर्षमा नियन्त्रन हुन्छ भने दूई वर्षसम्म लकडाउन गरेर बस्ने हो त ? मलाई त यो सरकारको लकडाउन थप्ने प्रवृतिले त्यस्तै लागछ । कोरोना महामारीमा पनि भ्रष्टाचार गर्न नछोडने सरकारबाट के आशा गर्ने त । यदि लकडाउन गर्ने हो भने सबैमा समानता गरेर गरौँ, सानालाई ऐन ठूलालाई चैन किन ? हेल्लो सरकार निषेधाज्ञा कहिलेसम्म ?
(धनुषाको मिथिला नगरपालिका – ८ घर भएका लेखक सिंह काठमाडौँस्थित स्नातक चौथो वर्षमा अध्ययरत छन् ।)
Right bro