दुर्गा पूजाको लागि जनकपुरधाममा बँसकट्टी गरियो
टुडेपाटी-
जनकपुरधाम, भदौ १५ गते ।
दुर्गा पूजाको लागि आज जनकपुरधाममा बँसकट्टी गरिएको छ ।
डेढ महिना मात्र बाँकी रहेको समय जनकपुरधामको स्थानीय रामानन्द युवा क्लबले प्रत्येक वर्ष मनाउँदै आएकोमा यस वर्षको दुर्गा पूजाका लागि बँसकट्टी गरेको छ ।
प्रत्येक वर्ष तामझामको साथ बँसकट्टी गरे पनि यस वर्ष कोराना महामारीको कारण न्यून सहभागितामा बँसकट्टी विधी गरिएको क्लवका अध्यक्ष मनमोहन साहले बताए ।
क्लवले जनकपुरधामको रामानन्दचोकमा भव्यतापूर्वक प्रत्येक वर्ष दूर्गा पूजाको आयोजना गर्दैआएको छ । यहाँ विगत २६ बर्षदेखि दुर्गा पूजाको आयोजना हुँदै आएको छ ।
प्रत्येक वर्र्ष लाखौ रुपैया खर्च गरेर मेलाको आयोजना गरेपनि यस वर्ष कोरोना महामारीको कारण बढी तामझाम नगर्ने क्लवले जनाएको छ ।
Sponsored
यसवर्ष कार्तिक १ गते घटस्थापनासँगै दशैँ सुरु हुन् लागेको छ ।