TodayPati

प्रदेश २ मा खोक्रो राजनीति ! (बिचार )


बन्दना झा

आजको युगमा राजनीति यस्तो फोहरी खेल बनेको छ कि , राजनीतिज्ञहरुलाई अथवा नेतृत्वकर्ताहरुलाई कुनै पनि हालतमा सत्ता प्राप्त गर्न र आफ्नो स्वार्थ पूरा गर्न एक माध्यम भएको छ। राजनीति तबसम्म राम्रो हुन्छ जबसम्म यसले सबैको साझा हितको रक्षा गर्छ, र यदि यो हुदैन भने यसले अरूको चासोमा कम्तिमा पनि हानि पुर्याउदैन। तर प्रदेश २ मा यो विरलै हुन्छ, यहाँ त् राजनीति गर्नु भनेको पैसाको बलले होस् अथवा शक्तिको आडमा होश , कमजोर, गरिब, असह्य व्यक्तिहरु माथि आफ्नो प्रभाब कायम राख्न र आफूलाई शीर्ष स्थानमा स्थापित गर्न र शक्ति प्रदर्शन गर्न, एक अर्कोको पछि लागिरहेका छन्।

प्रदेश २ को हकमा राजनीतिक पार्टी देखि नेतासम्म , प्रशासन देखि न्यायलयसम्म, शिक्षा देखि स्वास्थसम्म, सरकारी देखि निजिक्षेत्र सम्म, संघ संस्था देखि क्लब सम्म , पत्रकारिता देखि टेलिभिजन सम्म, रोजगार देखि बेरोजगार सम्म, सब यस देशमा ब्यपारिक केन्द्र बनेका छन, अनि जहा स्वार्थ, नाफा नोक्सान, मोलमोलाइ गरिन्छ, त्यहा बिकाशको अपेक्षा गर्नु मुर्खता हुन्छ। ब्यापारमा केबल नाफा सोच्ने गरिन्छ , बिकास त्यहाँ हुन्छ, जहा माग र पुर्ति सहज होश, मुल्यांकन सहि होश। यस प्रदेशका जनताका इक्छा आकंछा सब सपनाको संसारमा मात्रै सिमित छन् ।
मनमा अनेक प्रश्न उब्जिन्छन, यि ३० बर्षमा नेपाली जनताले कैयौं आन्दोलन गरे , कहिले पहाड आन्दोलन , कहिले मधेस आन्दोलन । तर ग्राहक बनेका इ जनताले के पाए ? फाइदा कसलाई भयो ? जनताले अहिलेसम्म न बुझनु धेरै दुखद कुरा हो ।। स्वरुप मात्रै परिबर्तन भएर के गर्नु, बिधि र बिधान त उहि छ ।

Sponsored

यदि सबै राजनीतिक पार्टीले निस्पक्ष, बिकशिल , सामाजिक उत्तरदायित्व निर्बाह गर्ने, ब्यक्तिलाइ टिकट दिएको भए अहिले प्रदेश २ को यो दुर्दशा हुदैन थियो। त्यस्तै यहाँका जनताले पनि, कुनै पनि राजनीतिक संगठन भन्दा माथि, नाताबाद, जातिबाद भन्दा माथि उठेर निस्पक्ष ढंगले भोट दिएको भए पनि यस्तो दुर्दशा प्रदेस २ मा हुदैन थियो होला ।
राजनीति गर्नुभन्दा पहिला , मलाई लाग्छ कि राजनीतिकर्मी देखि लिएर यहाँका जनताले समेत नैतिक मूल्य र मर्यादा सिक्नुपर्ने हुन्छ तब मात्रै प्रदेश २ का जनताले भौतिक, आर्थिक, मानसिक रुपमा सबल भएको भान हुनेछ ।

हामीले आन्दोलन त गर्यो, हाम्रा शहिदहरुले आफ्नो बलिदानी त दिए, त्यसको फलस्वरूप हामीले स्थानिय सरकार त् पायौ, तर हामी यस प्रदेश २ का जनताका भावनालाइ समेट्ने कुशल नेतृत्व पाएनौ अथवा त्यसमा हामी चुक्यौ, अहिले स्थानीय सरकार, निजि सरकारमा परिणत भएको छ , सम्पूर्र्ण वर्गलाइ समेट्ने सरकार हामीले पाएनौ, त्यसकै परिणाम स्वरुप हामी अहिले प्रदेश २ मा अपराधिक गतिबिधि, भ्रस्टाचारमा अगाडी र शिक्षा, स्वास्थ्य, रोजगारी सबमा पछि पर्यौ । विकास भनेको मान्छेले मान्छेकै लागि गर्नुपर्ने हुन्छ । त्यसैले मान्छे बलियो हुनु जरुरी छ । शिक्षाले सम्भावनाको दैलो उघार्छ । सीप प्रदान गर्छ र रोजगारीको ढोका खोल्छ। प्रदेशका होस् अथवा देशका, नागरिक स्वस्थ भए मात्र बलियो राज्य र देश बन्छ ।

प्रदेश २ मा अहिले कोरोना महामारीले दिनदिनै धेरै जानको ज्यान लिइरहेको छ , यसबाट बच्नको निम्ति लकडाउन देखि लिएर हाल विभिन्न ठाउमा निषेधाज्ञा सम्म लागेको छ । प्रदेश २ मा कोरोना महामारीबाट बच्न केहि साबधानी अपनाइएन , हाम्रा नेतृत्वकर्ताहरुले मजाकमा लिए, परिजीबी जस्तो आफ्नो बुद्धि दक्षता प्रयोग नगरी केन्द्र सरकारलाइ नै दोष दिइराखे । लकडाउन घोसणा गरे, तर बन्द गर्नु अघि पूर्वतयारी केहि पनि गरेनन , बिज्ञहरुको टोलि गठन त् भए तर दिर्घकालिन सोच भएका , यस महामारी बाट बच्नका निम्ति केहि ढांचा तयार भएन। राहत त् बाटिए तर पाउनु पर्ने वर्गले केहि पाएनन । अहिले प्रदेश २ का जनतालाई डाडा पारीको घाम जस्तो अनुभूति भैरहेको छ ।

Sponsored

प्रदेश २ मा अलिकति मात्रै बुद्दिबिबेकले राम्रो संग हेर्ने हो र योजना सहित सहि सदुपयोग गर्ने हो भने, हामी हाम्रो देशको, अरु प्रदेश भन्दा धेरै माथि उठन सक्छौ। हामी संग जनसक्ति छ। खेति योग्य धेरै मात्रामा जमिन छ। देशकै आर्थिक क्षमता धानेको उद्योग, धन्धा कलकारखाना छ, र ब्यापारीकरण गर्न को निम्ति, आयात निर्यात गर्न का निम्ति आठै जिल्ला संग जोडिएका देशी र बिदेशी नाका छ। तर हामीले यसको सदुपयोगको सट्टा, हामीले दुरुपयोग गरेका छौ, त्यसकै प्रतिफल अहिले हामी आत्मनिर्भर भन्दा पनि परनिर्भर बनेका छौ। शिक्षा, स्वास्थ्य र कृषिमा प्रादेशिक र स्थानीय सरकारले प्रशस्त लगानी गरेको भए पनि बिचौलियाहरुले गर्दा सुबिधा पाउनु पर्ने जनताले पाएका छैनन् । भौतिक पक्षको विकासले मात्र सुखी र खुशी जीवन हासिल गर्न सकिँदैन ।

प्रदेश नं. २ नेपालको संविधान २०७२ अनुरूप संरचना गरिएको सात वटा प्रदेश मध्येको एक प्रदेश हो । नेपालको संविधान २०७२ ले प्रदेश नं. २ अन्तर्गत ८ जिल्ला रहेका छन् जसमा पर्सा, बारा ,रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, यी आठै जिल्ला कृषि, उद्योग र व्यापारको प्रचुर सम्भावना रहेको छ। यी आठै जिल्ला मित्रराष्ट्र भारत संग जोडिएको कारण पनि गर्न चाहने हो भने प्रदेश २ को आर्थिक अवस्था नै परिबर्तन गर्न सकिन्छ।
आज हाम्रा नेतृत्वकर्ताहरुले सत्ता साठगाठका निम्ति एक आपसमा दोषारोपण गरि कुर्सि बचाउने खेल र भ्रस्टाचारमा लिप्त छन्, नेपाली जनताका कारण संघिय संरचना, स्थानीय संरचना त पाए तर कुशल नेतृत्व पाएनन, चाहे त्यो संघिय सरकारमा होस अथवा स्थानीय सरकारमा , बिकास योजनाका कुरा गर्दा कागजमा मात्रै सिमित नभई, बजेटको बाडफाड त हुन्छ तर पाउनु पर्नेले पाएका छैनन् । यस प्रदेशमा अपराधिहरुले अपराध गरिरहेका छन् , र पिडित परिवारलाइ न्यायको सट्टा टाउकोको मोल तोकेर चुप गरिन्छ।
यहाँ भ्रष्ट नेतृत्वकर्ताले भरिएको छ, जसले भ्रष्टाचारको माध्यमबाट बढी पैसा कमाउने बाहेक अरू केही सोच्दैनन्। तिनीहरू आफ्नै देशको लागि भन्दा आफ्नै फाइदाका लागि काम गर्छन्। हाम्रा नेताहरूले सत्तामा आउनु भन्दा पहिले आमनागरिकहरुलाई यस्ता यस्ता ठुला ठुला सपना देखाउछन,तर शक्ति पाउँदा तिनीहरूलाई एकपटक पनि फर्केर हेर्दैनन् , जनतालाइ मुर्ख बनाउन धेरै सजिलो छ वहाहरुको लागि , यस्तै प्रक्रिया दोहारिरहेको छ ,यो हरेक चुनावमा हुन्छ। जनताहरु राम्रो भविष्यको आशामा नेतृत्वकर्ता ले गरेका बाचाहरुमा भुलेर जनताले मतदान त गर्छन र फेरी निरास बन्छन् ।

यी सबै समाजमा बढ्दो असमानता र प्रतिस्पर्धा जस्तै हो। स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक विकासका धेरै कार्यक्रमहरू जनताको सहभागिता अत्यन्त जरुरि भएका छन् तर जनतालाई मौका नदिएर कमिशनको लोभमा बिचौलियाहरुलाई दिने गरिन्छ । प्रदेश २ का जनता दिनदिनै मानसिक तनाब , अन्यौल, गरिबी, बेरोजगारी, खस्किदै गएको न्यायिक प्रणालीले गर्दा, एउटा भुमरीको चपेटामा परेका छन् , यस्तै रहिरह्यो भने यस प्रदेश २ मा बिद्रोह, सामाजिक द्वन्दको रुप लिने भयाभह स्थिति बन्दैन, भन्न सकिन्न।

बिडम्बना यस्तो छ कि हाम्रो देशमा सरकार चलाउन शिक्षाको जरुरि नै छैन। दुख लाग्दो कुरा हो कि जब सत्ता त्यस्ता नेतृत्वकर्ताहरूको हातमा हुन्छ, हामी हाम्रो देश सही दिशामा अघि बढछ भन्ने आशा पनि गर्न सक्दैनौं।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *